जेन-जीको माग तत्काल सम्बोधन गरियोस् : प्रचण्ड


२०८२ भदौ २३ सोमबार १५:३१ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी हरूको आन्दोलन तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘जेन जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्,’ उहाँले भन्नुभएको छ, ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएका युवकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७