‘जेन-जी’को प्रदर्शनमा प्रहरीको अस्वभाविक दमन

काठमाडौं : भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका ‘जेन-जी’ पुस्ताको प्रदर्शनमा प्रहरीले अस्वभाविक दमन गरेको छ ।
बानेश्वरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वाभाविक बल प्रयोग गरेर गोली चलाएपछि यो समाचार तयार गर्दासम्म ८ जनाको जना प्रदर्शनकारीको निधन भएको छ ।
यता प्रहरीले सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो ।
जेन–जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ। घाइतेहरूको संख्या बढ्दो क्रममा रहेकाले सिभिल अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ।
अस्पतालले घाइतेहरू थेग्न नसकेपछि अन्य अस्पताल पठाउने तयारी गरेको छ। एम्बुलेन्ससमेत अपुग भएपछि अन्य अस्पतालहरूसँग एम्बुलेन्स मागेको छ।