विराटनगरमा निषेधाज्ञा तोडियो, प्रदेशसभा भवन अगाडि प्रदर्शन

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन-जी प्रदर्शनकारीहरूले विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्।
प्रहरीले लगाएको निषेधको घेरालाई भत्काउँदै प्रदेशसभा परिसरमा प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनलाई उग्र बनाएका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले विराटनगर महानगरपालिका, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पनि नाराबाजी गरेका थिए।