सुन धितो राखेर मिटरब्याजमा पैसा लगाउने श्रेष्ठबाट ४ करोड र सुन बरामद


२०८२ भदौ १७ मंगलबार १९:३५ बजे

काठमाडौँ : काठमाडौं महानगरपालिका–२६, गोंगबुको एक घरबाट प्रहरीले मंगलबार बरामद गरेको झन्डै ४ करोड अवैध रकमसहित सुन गोरखाका विनोदकुमार श्रेष्ठको भएको खुलेको छ । श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार छापा मार्दा अहिलेसम्म ३ करोड ७५ लाख रुपैयाँसँगै सुनका ढिक्का, बाला, औंठीसहितका गरगहना पनि बरामद भएका छन् । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७