बुटवलमा जेनजीको प्रदर्शन : अभिव्यक्ति स्वतन्त्रता- सामाजिक सञ्जाल फिर्ता

बुटवल । नयाँ पुस्ताका युवाहरूले भ्रष्टाचार र बेथितीविरुद्ध बुटवलमा पनि प्रदर्शन गरेका छन्।
उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जाल फिर्ता’ को नारा लगाएका छन् । यस्तै, ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।
उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि युवाहरूले नाराबाजी गरिरहेका छन् ।
जेनजीले काठमाडौंसहित उपत्यका बाहिरका अन्य स्थानमा पनि प्रदर्शन गरिरहेका छन् ।