भ्रष्टाचार अव्यवस्थाविरुद्ध काठमाडौंमा जेनजीको प्रदर्शन


२०८२ भदौ २३ सोमबार ०९:५० बजे
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं । काठमाडौंमा नयाँ पुस्ताका युवा (जेन जी)को प्रदर्शन सुरु भएको छ । 

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्वतःस्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा युवा विद्यार्थीहरू स्कुल कलेजको पोसाकमा समेत उपस्थित भएका छन् ।

उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

उनीहरूको आन्दोलनलाइ कतिपय राजनीतिक दल, संघसंस्था, विद्यार्थी संगठन तथा स्वतन्त्र व्यक्तिहरूले समर्थन गर्नुका साथै चासोका साथ हेरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७