प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित


२०८२ जेठ १३ मंगलबार १४:१६ बजे

काठमाडौँ । आधा घण्टाका लागि भनेर मंगलबार मध्याह्न स्थगित प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

तर दिउँसो दुई बजेसम्म पनि बैठक बस्न सकेन। संघीय संसद सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी, रास्वपा, राप्रपालगायत प्रतिपक्षी दलहरूको माग छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७