जरिवाना पत्र थमाउन निर्मल निवास गएका महानगर प्रहरी गेटबाटै फिर्ता


२०८१ चैत १७ आइतबार १४:३४ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउन निर्मल निवास गएका काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्  ।

पत्र बुझाउन निर्मल निवास पुगेका काठमाडौं महानगर टोलीलाई पत्रको विषयमा कुराकानी हुन नपाउँदै फिर्ता पठाइएको हो । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । ‘पत्र बुझ्न मानेनन् अब हामी प्रक्रियामा जान्छौं’, उनले भने । महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो । शुक्रवार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७