देश नै नबच्ने हो कि भन्ने निराशा छ : ज्ञानेन्द्र शाह


२०८२ पौष २६ शनिबार १७:१७ बजे

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जारी भिडियो सन्देशमा उनले हिजो देश नबनेकोमा चिन्ता भए पनि आज भने देश नै नबच्ने हो कि भन्ने चिन्ता भएको जनाएका छन् ।

पूर्वराजा शाहले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको सङ्कटले आफूलाई चिन्तित तुल्याएको बताएका छन्।

भिडियो सन्देशमा उनले भने, ‘भाषण, जादु र चमत्कारले देश नबनेको र नबन्ने भन्दै राजसंस्था, जसले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधित्व गरेको छ, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै जनताले यो कर्तव्य बोध गरी पृथ्वीपथमा लाग्नुपर्छ।’

पूर्वराजाले झण्डै दुई दशकअघि शान्ति र आर्थिक प्रगतिका लागि सत्तामा पुगेका दलहरूको प्रयास अनुसार श्रीपेच जनताको सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिर रहेको उल्लेख पनि गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७