जुम्लामा ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत 


२०८२ फाल्गुण २३ शनिबार १६:२६ बजे

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । यस जितसँगै राप्रपाले यसपालि आफ्नो जीतको खाता खोलेको हो ।

शनिबार (फागुन २३) दिउँसो सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार, शाहीले १४ हजार ६५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ११ हजार १२३ मत ल्याए। शाहीले भण्डारीलाई दुई हजार ९४२ मतको अन्तरले पराजित गरेका छन्।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत प्राप्त गरे। नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए र चौथो स्थानमा रहे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनीता कठायतले ३९८ मत मात्र प्राप्त गरिन्, जसका कारण उनको जमानत जफत भएको छ। कठायत यसअघि समानुपातिक सांसद थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७