गोविन्दा–सुनिता विवादमा राखी सावन्तको इन्ट्री, २०० करोड सम्पत्तिको चर्चा
सम्पत्ति जोगाउन सुनितालाई राखीको सुझाव
मुम्बई : बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीचको विवादले नयाँ मोड लिएको छ। डिभोर्सको मुद्दा फिर्ता लिएपछि सुनिताले गोविन्दा र अभिनेत्री कोमल रानी स्वर्णकारबीच विवाहको तयारी भइरहेको दाबी गरेकी छन्। मोडल राखी सावन्तसँग फोनमा कुराकानी गर्दै सुनिताले आफूले डिभोर्सको मुद्दा फिर्ता लिनुको कारण गोविन्दा र कोमल विवाह गर्ने तयारीमा रहेको बताएकी हुन्।
गोविन्दा–सुनिता विवादमा सुनिताको पक्षमा बोल्दै आएकी राखीले उनलाई करिब २०० करोड भारु बराबरको सम्पत्ति जोगाउन सुझाव दिइन्। उनले सम्पत्ति आफ्नो नाममा राख्नसमेत सुनितालाई आग्रह गरेकी छन्। मुम्बईमा सञ्चारकर्मीसामु राखीले सुनितालाई फोन गरी लाउडस्पिकरमा कुराकानी गराएकी थिइन्। त्यस क्रममा सुनिताले डिभोर्सको मुद्दा फिर्ता लिएको बताउँदै गोविन्दा र कोमल विवाहको तयारीमा रहेको दाबी गरिन्।
यसअघि अगस्ट १९ मा सुनिता छोरा यशवर्धनसँग बान्द्रा फ्यामिली कोर्ट पुगेकी थिइन्। गोविन्दा र कोमललाई विमानस्थलमा सँगै देखेपछि सुनिता आक्रोशित बनेकी थिइन्। त्यसपछि गोविन्दाले पनि सुनितालाई कसैको बदनाम नगर्न आग्रह गरेका थिए। यसैबीच गोविन्दा करिब सात वर्षपछि फिल्म ‘रुपा’मार्फत ठूलो पर्दामा फर्किने तयारीमा छन्। फिल्ममा कोमल पनि मुख्य भूमिकामा रहेकी छन् भने फिल्मका निर्माता स्वयं गोविन्दा हुन्।
.gif)

.png)

