कैलालीमा दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
थप सेवा सुविधा दिलाइदिने भन्दै लिएका थिए घुस
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक दिलाइदिने भन्दै घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो।
अख्तियारका अनुसार बमलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा धनगढी उपमहानगरपालिका–१ क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। उनीविरुद्ध घुसरिसवत तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
.gif)

.png)

