गाँजा खेतीलाई वैधानिकता दिन सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगमा सरकार सकारात्मक
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।
मन्त्री वाग्लेले गाँजाको उत्पादन र बजारीकरणलाई आय, रोजगारी तथा राजस्वसँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको पक्षसमेत महत्वपूर्ण रहेको बताए। विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुनी व्यवस्था गरी गाँजा खेतीलाई व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनको भनाइ छ।
उनले विगतका बजेटमा समेत गाँजाको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको उल्लेख गर्दै गृह मन्त्रालयसँग समन्वय गरेर यस विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।
.gif)

.png)

