दैनिक जीवनलाई नयाँ ढंगले प्रस्तुत गर्दै प्रोटोन इ.मास ५ को नयाँ टिभिसि
काठमाडौँ : प्रोटोन इ.मास ५ ले काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथामार्फत आधुनिक सहरी जीवनलाई नयाँ ढंगले प्रस्तुत गरेको छ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले इ.मास ५ को नयाँ टिभिसि फिल्म ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक गर्दै यस्तो अवधारणा अघि सारेको हो।
टिभिसि फिल्ममा आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका युवा उद्यमी, सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस योजनाबिनै यात्रामा निस्किएका साथीहरू तथा सँगै समय बिताइरहेको परिवारको कथा समेटिएको छ। यी चार कथामार्फत आधुनिक सहरी जीवनका विविध आयाम प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

अभियानले केवल गाडीको प्रविधिलाई केन्द्रमा नराखी यसको फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले दैनिक जीवनका अनुभवलाई कसरी सहज र अर्थपूर्ण बनाउन सक्छ भन्ने पक्षलाई जोड दिएको छ। ‘रिडिफाइन योर एभ्रिडे’ अभियानको मूल सन्देश दैनिक जीवनलाई नयाँ बनाउन सधैँ ठूलो परिवर्तन आवश्यक नपर्ने र सामान्य पललाई पनि थप सहज तथा सुन्दर बनाउन सकिने भन्ने रहेको छ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा उच्च चासो र बुकिङ पाएको प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ। यसमा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडी टचस्क्रिन तथा भेहिकल–टु–लोड क्षमता जस्ता सुविधा रहेका छन्।
मुख्य टिभिसि फिल्ममा चारै कथाको अंश समेटिएको छ। कम्पनीका अनुसार आगामी हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्म पनि प्रोटोन नेपालका डिजिटल प्लेटफर्ममार्फत क्रमशः सार्वजनिक गरिनेछ।
.gif)

.png)

