हिन्दी र नेपाली भाषामा ‘मुसुमुसु हाँसिदेऊ’ गीत गाएका भारतीय गायक शान नेपालमा

शनिबार क्लब नोभामा विशेष सांगीतिक प्रस्तुति ‍दिँदै


२०८३ भदौ ५ शुक्रबार १७:१६ बजे

ठमाडौं : चर्चित भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ सांगीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन्। ठमेलस्थित क्लब नोभामा शनिबार राति हुने कार्यक्रममा प्रस्तुति दिन उनी शुक्रबार नेपाल आएका हुन्। शान यसअघि करिब १५ वर्षअघि सन् २०११ मा नेपाल आएका थिए। त्यसबेला उनको सांगीतिक करिअर उचाइमा थियो।

सन् १९९९ मा आएको हिन्दी फिल्म ‘प्यार मे कभी कभी’ को ‘मुसुमुसु हाँसिदेऊ’ गीतमा नेपाली शब्दसमेत समेटिएको छ। शानको स्वर रहेको उक्त गीत नेपालमा समेत निकै लोकप्रिय बनेको थियो। शुक्रबार विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शानले गीत रेकर्ड गर्दाको एउटा रोचक किस्सा सुनाए। उनका अनुसार गीतमा ‘मुसुमुसु हाँसिदेऊ न लै–लै’ हुनुपर्नेमा आफूबाट ‘मुसुमुसु हाँसिदेऊ न मलाई’ उच्चारण भएको थियो।

शानले यसपटक नेपालमा नेपाली र हिन्दी दुवै भाषाका गीत प्रस्तुत गर्ने बताए। उनले करिब ४० वटा गीत गाउने तयारी रहेको जानकारी दिए। नेपाल बसाइका क्रममा पशुपतिनाथ मन्दिर जाने, घुमफिर गर्ने र मःम खाने आफ्नो योजना रहेको पनि उनले सुनाए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७