प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग


२०८२ चैत १९ बिहीबार १५:५६ बजे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्ने मुद्दामा वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गरे । 

उनले भने, 'देशमा ८८४ जना सांसद छौं। प्रदेश संरचना पाल्न वार्षिक एक खर्ब खर्च हुन्छ । यदि संसद् र सरकारले प्रदेश संरचना खारेज गर्ने निर्णय गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ आवश्यक छ, हामी १८७ सांसदको समर्थन पुर्‍याउनेछौं ।' 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७