दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु 


२०८१ असोज २७ आइतबार १७:१९ बजे
सांकेतिक तस्वीर

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो । रासस 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७