संयुक्त राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध


२०८१ असोज १६ बुधबार १६:५९ बजे

काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल कात्जले  ट्वीट गरी यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जसले इरानले इजरायलमा गरेको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्दैन त्यसले इजरायली भूमिमा खुट्टा राख्ने हक पनि राख्दैन ।’ 

इयरायल कात्जले गुटेरेसलाई ७ अक्टुबरमा हमासले गरेको जसंघार र यौन उत्पीडनको निन्दा नगर्ने राष्ट्रसंघका महासचिव भनेका छन् । साथै गुटेरेसले हमासलाई आतंकवादी संगठन घोषणा गर्नेतर्फ कुनै काम नगरेको समेत आरोप लगाएका छन् । गुटेरेसले ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको उनको आरोप छ ।

साथै हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै पहल नगरेको तथा हमास, हिज्जबुल्लाह र हुतिपछि अब इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको काट्जले बताएका छन् । उनले भने, ‘उनलाई राष्ट्रसंघको इतिहासको दागका रुपमा याद गरिनेछ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसको साथ विना नै इजरायलले आफ्ना नागरिकको रक्षा गर्ने उनले बताएका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७