विदेशी प्रभावमा बनेका दलले देश बनाउन सक्दैनन् : व्यवसायी दुर्गा प्रसाईँ

नेपाली माटोबाटै नयाँ राष्ट्रवादी शक्ति बनाउने दुर्गा प्रसाईँको घोषणा


२०८३ भदौ ७ आइतबार १३:३७ बजे
फाइल फोटो

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले देशको स्वाधीनता, आत्मनिर्भरता र राष्ट्रिय एकताका लागि नेपाली माटोबाटै नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रसाईँले युवाको विदेश पलायन, आर्थिक पछौटेपन र स्वाधीनताको संकट अन्त्य गर्न नयाँ, सक्षम र आत्मनिर्भर देशभक्त नेतृत्व आवश्यक रहेको बताएका हुन्।

उनले निराशामा रहेका नयाँ पुस्तामा आशा जगाउने अभियान अघि बढाउने बताउँदै प्रविधिमैत्री युवा, विज्ञ, राष्ट्रिय पुँजीपति तथा बौद्धिक वर्गलाई संगठित गरी नयाँ नेतृत्व निर्माण गर्ने दाबी गरेका छन्। नेपालका स्रोत, साधन र पुँजीको सही परिचालन गरी आगामी १५ वर्षमा दिगो विकास हासिल गर्ने योजना रहेको उनको भनाइ छ। रोजगारी र अवसर सिर्जना गरेर विदेशिएका नेपालीलाई १० वर्षभित्र स्वदेश फर्काउने तथा आगामी पुस्तालाई रोजगारीका लागि विदेशिन नपर्ने वातावरण बनाउने उनले बताएका छन्।

विद्यमान राजनीतिक नेतृत्व र दलहरूले जनताका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै प्रसाईँले विदेशी प्रभावमा बनेका नेतृत्वबाट देश निर्माण सम्भव नहुने दाबीसमेत गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७