म नभएको भए इजरायल यस्तो हुँदैनथ्यो : ट्रम्प

लेबनान युद्धले चिस्यायो ट्रम्प र नेतान्याहुको सम्बन्ध


२०८३ असार २ मंगलबार १७:०१ बजे

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता बढेको छ। लेबनानमा जारी सैन्य कारबाहीका विषयलाई लिएर राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमै नेतान्याहुको आलोचना गर्दै उनीबाट थप जिम्मेवार भूमिकाको अपेक्षा गरेका छन्।

मंगलबार पत्रकारहरूसँगको कुराकानीका क्रममा ट्रम्पले नेतान्याहु (जसलाई ‘बिबी’ उपनामले चिनिन्छ) प्रति आफ्नो असन्तुष्टि स्पष्ट पारेका हुन्। आफ्नो कार्यकालमा इजरायलका लागि आफूले जति सहयोग अरू कुनै अमेरिकी राष्ट्रपतिले नगरेको जिकिर गर्दै ट्रम्पले भने, 'मैले इजरायलका लागि जति साहसी कदम उठाएको थिएँ, त्यो अरू कसैले गर्न सक्दैनथे। म नभएको भए आज इजरायलको अवस्था यस्तो हुने थिएन।'

नेतान्याहुसँग विगतमा राम्रो सम्बन्ध रहेको स्वीकार गर्दै ट्रम्पले थपे, 'बिबीसँग मेरो सम्बन्ध सधैं सौहार्दपूर्ण रह्यो, तर अब उनले लेबनानको सन्दर्भमा अझ बढी जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बेला आएको छ।'

पछिल्लो समय इजरायलले लेबनानस्थित हिजबुल्लाह समूहविरुद्ध जारी राखेको आक्रामक सैन्य कारबाहीले अमेरिकाका लागि कूटनीतिक टाउको दुखाइ बनेको छ। अमेरिकी स्रोतका अनुसार, इजरायलको यो सैन्य शैलीले इरानसँग शान्ति सम्झौता गर्ने वा युद्धविराम गराउने अमेरिकी प्रयासमा गम्भीर व्यवधान खडा गरिरहेको छ। इरानले कुनै पनि सम्झौताका लागि लेबनानको अवस्थालाई अनिवार्य सर्तका रूपमा अघि सारेको छ।

ट्रम्पको कडा टिप्पणीका बाबजुद नेतान्याहु भने सार्वजनिक विवादमा पर्नबाट जोगिने प्रयासमा छन्। उनले सोमबार अमेरिका-इरान वार्ताको सन्दर्भमा प्रतिक्रिया दिँदै केही नीतिगत विषयमा ट्रम्पसँग मतभेद रहेको स्विकारेका छन्। नेतान्याहुले भने, 'राष्ट्रपति ट्रम्प र मेरो दृष्टिकोण केही विषयमा फरक हुन सक्छ। तर, मेरो पहिलो प्राथमिकता इजरायलको सुरक्षा हो र मेरो विवेकले जे ठिक ठान्छ, म त्यही निर्णय लिनेछु।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७