मलेसिया र अमेरिका पठाइदिने भन्दै ४ जनाबाट १७ लाख ठगी, दुई जना पक्राउ

विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ


२०८३ भदौ ७ आइतबार १३:५८ बजे

काठमाडौं : आकर्षक तलबसहित विदेश पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३७ वर्षीय नवीन लामा र सल्यानका ५० वर्षीय रमेश रेउले रहेका छन्।

प्रहरीका अनुसार लामाले मलेसिया पठाइदिने भन्दै तीन जनाबाट १४ लाख रुपैयाँ तथा रेउलेले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ३ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए। 

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लामालाई काठमाडौं–२६ र रेउलेलाई काठमाडौं–२९ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७