१०० किलो सुन प्रकरण : ठमेलको होटल भियनामा छापा, दावाछिरिङ पक्राउ


२०८० श्रावण १४ आइतबार ०८:०१ बजे

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले ठमेल र टोखामा एक साथ छापा हानेको छ । विभाग स्रोतका अनुसार ठमेलको होटल भियाना र टोखाको एक गोदाममा छापा मारेको हो ।

विभाग स्रोतका अनुसार होटलका सञ्चालक दावा छिरिङलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेशिन समेत बरामद गरेको छ । दावा बेल्जियमका नागरिक रहेको खुलेको छ । तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिए ।

‘तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ । उनी फेरि भिजिट भिषामा नेपाल आएको देखिइएको छ ।’
विभागले २ साउनमा त्रिभुवन विमानस्थलको भन्सार पास भएर आएको मोटरपार्टसमा लुकाएर ल्याइएको करिब एक सय किलो सुन बरामद गरेको थियो ।

सोही सुनको मालिकसम्म पुग्न विभागको टोलीले करिब आधा दर्जन ठाउँमा छापा हानेको छ । हालसम्म १८ जनालाई नियन्त्रणमा समेत लिएको छ । शनिबार राति ठमेल र टोखामा हानेको छापा समेत त्यसैको निरन्तरता हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७