लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि


२०८० जेठ १२ शुक्रबार ०६:०९ बजे

बुटवल । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ ।

यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए । यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७