प्रहरी निरीक्षकमा बढुवा भएका महरलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरिराम महरलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित समारोहमा कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले महरलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
गृह मन्त्रालयको मङ्सिर ९ गतेको सचिवस्तरीय निर्णयअनुसार महर जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका हुन् । उनको बढुवा मङ्सिर ११ गतेदेखि लागू भएको हो ।
समारोहमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियासहित प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक तथा अन्य प्रहरी अधिकृत र कर्मचारीको उपस्थिति थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बढुवा भएका महरलाई बधाई दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।
.gif)

.png)




