१५९ नापी अधिकृतको सरुवा पुनरावलोकन, हेर्नुहोस् को कहाँ पुगे ?


२०८३ मङ्सिर ११ शुक्रबार १६:४७ बजे
फाइल फोटो

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले एकमुष्ट बदर गरेको नापी कर्मचारीको सरुवा निर्णय पुनरावलोकन गरी परिमार्जित सूची सार्वजनिक गरिएको छ ।

नापी विभागले शुक्रबार १५९ जना नापी अधिकृतको सरुवा सूची सार्वजनिक गरेको हो । नयाँ सूचीमा यसअघि मापदण्डविपरीत सरुवा भएका तथा सरुवाप्रति गुनासो गरेका कर्मचारीका विषय सम्बोधन गरिएको बताइएको छ ।

यसअघि विभागले असोज २३ गते १०३ नापी अधिकृत, ४९८ सर्वेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा गरेको थियो । उक्त सरुवामा मापदण्ड उल्लंघन भएको, पहुँचका आधारमा सीमित कर्मचारीले पटक–पटक आकर्षक कार्यालयमा अवसर पाएको तथा दुर्गममा लामो समयदेखि कार्यरत कर्मचारीलाई उपेक्षा गरिएको विषय उठेको थियो ।

मन्त्री रावलले कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट सबै सरुवा बदर गरेकी थिइन् । सरुवा बदरपछि विभागले कर्मचारीको सेवा अवधि, भौगोलिक क्षेत्र, कार्यालयको कार्यबोझ, योग्यता र अनुभवलाई आधार मानेर नयाँ सरुवा मापदण्ड जारी गरेको थियो ।

सोही मापदण्ड कार्यान्वयन गर्दै विवादित सरुवाको पुनरावलोकन गर्ने जिम्मेवारी पाएका महानिर्देशक जनकराज जोशीको नेतृत्वमा परिमार्जित सूची सार्वजनिक गरिएको हो ।

को कहाँ पुगे ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७