भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउन सरकारले तदारुकता देखाउनुपर्छ : शंकर पोखरेल
गण्डकी : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने विषयमा भएको सहमति सकारात्मक रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सहमतिअनुसारका प्राविधिक विषय छिटो टुङ्ग्याएर हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलहरूसँग तालमेल गरेर अघि बढ्ने बताए ।
‘कुन दलसँग तालमेल गर्ने भन्ने कुरा टुङ्गिएको छैन । तर निर्वाचनमा विचार मिल्ने दलहरूबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।
एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी निर्वाचनमा सहभागी हुने तयारी भइरहेको पनि उनले बताए ।
.gif)

.png)




