कर्मचारीलाई पोसाक लगाउन सर्वोच्चको निर्देशन


२०८३ मङ्सिर ११ शुक्रबार १०:०६ बजे

काठमाडौं : सर्वोच्च अदालतले निजामती कर्मचारीलाई सरकारले तोकेको दिनमा निर्धारित पोसाक अनिवार्य लगाउन निर्देशन दिएको छ । अदालतको प्रशासन शाखाले बुधबार सूचना जारी गर्दै कार्यालयमा उपस्थित हुँदा वा कार्यालयको प्रतिनिधित्व गर्दा तोकिएको पोसाक लगाउन कर्मचारीलाई निर्देशन दिएको हो ।

सरकारले औपचारिक पोसाक निर्धारण नगरेको शुक्रबारका दिन भने कर्मचारीले मर्यादित पोसाक लगाउनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, कार्यालयमा रहँदा सबैले देख्ने गरी परिचयपत्र लगाउन पनि निर्देशन दिइएको छ ।

पोसाक र परिचयपत्रसम्बन्धी व्यवस्था पालना भए–नभएको विषयमा अदालतको अनुगमन तथा निरीक्षण महाशाखाले नियमित अनुगमन गर्ने जनाइएको छ ।

निजामती सेवा नियमावली, २०५० को नियम ११९ (क), निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ तथा अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता, २०७५ बमोजिम यस्तो निर्देशन जारी गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७