रथी अनुपजंग थापासहित सात सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न
काठमाडौं : नेपाली सेनाको रथी पदमा पदोन्नति भएका अनुपजंग थापासहित सात जना रथीवृन्द तथा अधिकृतले दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
.jpeg)
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मङ्सिर ४ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार उपरथी थापा रथी दर्जामा पदोन्नति भएका हुन् ।
त्यस्तै, सहायक रथी मनोज थापा उपरथी दर्जामा पदोन्नति भएका छन् । सहायक रथी दर्जामा पदोन्नति हुनेमा प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ रहेका छन् ।
.jpeg)
यसैगरी, प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठ महासेनानी दर्जामा पदोन्नति भएका छन् । उनीहरू सबैलाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेको सेनाले जनाएको छ ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतका साथै पदोन्नति भएका अधिकारीहरूका परिवारजनको पनि उपस्थिति थियो ।
(1).jpeg)
(1).jpeg)
.gif)

.png)




