पूर्णबहादुर खत्री उपरथीमा बढुवा


२०८३ कार्तिक ११ बुधबार १२:४५ बजे

काठमाडौं :  नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलका सैनिक सहायकका रूपमा कार्यरत खत्रीलाई मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

उपरथी दीपेशजंग शाह अवकाश भएपछि रिक्त भएको पदमा खत्रीलाई बढुवा गरिएको हो। बढुवापछि बुधबार सैनिक मुख्यालयमा प्रधानसेनापति सिग्देलले खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

यस्तै, बुधबार नै तीन जना महासेनानीले पनि दज्र्यानी चिह्न प्राप्त गरेका छन्। प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका विवेक काफ्ले, प्रकाश थापा र सीताराम खड्कालाई प्रधानसेनापति सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७