गण्डकीको ऊर्जा विकास र ताल संरक्षणमा संघ–प्रदेश सहकार्य गरिने


२०८३ मङ्सिर ११ शुक्रबार १६:०३ बजे

पोखरा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ ।

भेटमा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्ध निर्माण तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ ।

त्यसैगरी, फेवाताललगायत प्रदेशका तालहरूको संरक्षणमा दुवै सरकारबीच सहकार्य गर्ने विषयले पनि प्राथमिकता पाएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

ऊर्जाको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशका ऊर्जा विकाससम्बन्धी आयोजना निर्धारित समयमै सम्पन्न गर्न तथा जलस्रोत व्यवस्थापन र सिँचाइका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ र प्रदेशबीच सहकार्य आवश्यक रहेकोमा दुवै मन्त्रीले जोड दिएका थिए ।

भेटमा आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत विकास निर्माणका कामलाई गति दिने विषयमा समेत छलफल भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७