पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति


२०८३ मङ्सिर ११ शुक्रबार १६:२९ बजे
फाइल फोटो

काठमाडौं : काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुली गरिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७