तीन दिनका लागि खुल्यो तातोपानी नाका

दशैंका सामान बोकेका कन्टेनर तातोपानी नाकाबाट भित्रिन थाले


२०८३ कार्तिक २ आइतबार १९:१९ बजे

काठमाडौं :  दशैंका सामान तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुलाइएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले नाका खुलाएको हो।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा छन्। लिपिङ र कोदारी क्षेत्रमा पनि कन्टेनरको चाप बढेको छ।

चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। दसैँलाई लक्षित गरी तीन दिनका लागि नाका खुलाइएपछि सामान आयातमा सहजता आउने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७