रक्षा संवाददाताका लागि चार दिने अभिमुखीकरण


२०८३ असोज २३ शुक्रबार १३:३६ बजे

काठमाडौं : नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासको आयोजनामा रक्षा संवाददाताका लागि चार दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

असोज २० गतेदेखि सुरु भएको ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ शुक्रबार शुक्रबार सम्पन्न भएको हो।

समापन समारोहमा मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले कार्यक्रममा सहभागी २१ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए। 

सोही अवसरमा मध्य पूर्वी पृतना अन्तर्गतका जिल्लाहरूमा लामो समयदेखि ‘नेपाली सैनिक रेडियो कार्यक्रम’ प्रसारण गर्दै आएका नौवटा एफएम रेडियो स्टेसनलाई जनसम्पर्क तथा सूचना निर्देशकले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रमका सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाका विभिन्न गतिविधि, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा जानकारी गराइएको थियो। साथै, यी विषयमा सञ्चारकर्मीसँग अन्तरक्रियासमेत गरिएको थियो।

यस्ता अभिमुखीकरण कार्यक्रमले देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन र सम्प्रेषण गर्न सहजता प्रदान गर्नुका साथै विषयवस्तुबारे स्पष्टता बढाउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७