बैंकिङ कसुरमा चार करोड जरिवाना र कैद सजाय तोकिएका ६३ वर्षीय न्यौपाने पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दामा चार करोड रुपैयाँ बिगो तथा सोही बराबरको जरिवाना र कैद सजाय सुनाइएका फरार प्रतिवादी दीपक चन्द्र न्यौपाने पक्राउ परेका छन्।
६३ वर्षीय न्यौपानेलाई असोज २२ गते भक्तपुर नगरपालिका–१ स्थित सिर्जनाटोलबाट प्रहरीले पक्राउ गरेको हो। उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ का बासिन्दा हुन्।
राधा पाण्डेयको जाहेरीका आधारमा नेपाल सरकार वादी र न्यौपाने प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते फैसला गरेको थियो।
अदालतले न्यौपानेलाई चार करोड रुपैयाँ बिगो, बिगो बराबरकै जरिवाना र एक महिना १५ दिन कैद सजाय सुनाएको थियो।
अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका न्यौपाने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो।
पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
.gif)

.png)


