दसैँको टिकट काट्न नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू)


२०८३ असोज २३ शुक्रबार ०९:१६ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : दसैंका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ सुरु भएको छ। 

औपचारिक रूपमा टिकट बुकिङ सुरु भएपछि काठमाडौंस्थित नयाँ बसपार्कमा दसैँमा घर जाने यात्रुहरू अग्रिम बस टिकट बुकिङका लागि लाइनमा बसेका छन्। 

आजदेखि अग्रिम टिकट बुकिङ खुला भएसँगै टिकट काट्न यात्रुको भीड लागेको हो। यात्रुको सहजताका लागि बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा भएको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आजदेखि टिकट बुकिङ सुरु भएको हो।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रु बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए।

दशैंको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट वितरण व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा काउन्टर थप गरेको जनाएको छ।

साथै, टिकट बुकिङ तथा यात्रुको आवागमनलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७