बुढा र सिंह सचिवमा बढुवा, एक नायब महालेखापरीक्षक विशिष्ट श्रेणीमा बढुवा


२०८३ असोज २१ बुधबार १८:४९ बजे

काठमाडौं : सरकारले दुईजना सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ। त्यस्तै, एक नायब महालेखापरीक्षकलाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती तथा लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गरिएको जानकारी दिए।

यसैगरी नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव नविनराज सिंह र नेपाल प्रशासन सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव चक्र बुढालाई सचिव पदमा बढुवा गरिएको हो ।

नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गरिएको छ।

बढुवा समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । नवपदस्थापित सचिवहरूको पदस्थापन भने सम्बन्धित मन्त्रालय तथा निकायमा पछि गरिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७