एक लाख घुससहित मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर पक्राउ


२०८३ असोज २१ बुधबार १८:०७ बजे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

निर्माण सम्पन्न भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणका क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगको बर्दिबास कार्यालयबाट टोली खटिएको थियो। 

टोलीले असोज २० गते दुवै जनालाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

उनीहरूको साथबाट स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँसमेत बरामद भएको आयोगले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न विशेष अदालतबाट असोज २१ गते म्याद थप गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७