कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान


२०८३ असोज २१ बुधबार १८:१३ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ।

यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेपनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।

महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौँका तीन स्थानमा सात केन्द्र तोकिएका छन्।

राष्ट्रिय सभागृहमा बागमती, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम तथा प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। 

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्। मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७