कांग्रेसमा आजदेखि सबै गुट सकियो : गगन थापा


२०८३ असोज २१ बुधबार १८:३३ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै गुट र समूह समाप्त भएको घोषणा गरेका छन्।

बुधबार बेलुकी १५औँ महाधिवेशनको बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला–पौडेललगायत नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ उनले भने।

नेता थापाले अब कांग्रेसलाई गुटगत आधारमा नभई एकताबद्ध पार्टीका रूपमा अघि बढाउने संकेत गरे। 

पार्टीको आन्तरिक व्यवस्थापनमा मात्र केन्द्रित नभई कांग्रेसका नीति, विचार र मुलुकका विषयमा समाज र जनताबीच बहस गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए।

महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनसम्म आफू दिनरात खटिने पनि थापाले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७