पद्मकुमार मैनाली सचिव पदमा बढुवा
काठमाडौं : सहसचिव पद्मकुमार मैनाली सचिव पदमा बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
साथै मैनालीलाई सचिव बढुवासँगै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय समेत गरिएको उनले बताए।
.gif)

.png)


