देउवालाई गगनको आग्रह : अब अलमलिने होइन, पार्टीको रेल अगाडि बढ्यो


२०८३ असोज २१ बुधबार १७:५९ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई विवादमा नअल्झिएर सहमतिमा आउन आग्रह गरेका छन्।

पार्टीको जारी १५औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र रहेपछि सबैले अनुशासन पालना गर्नुपर्ने बताए। 

उनले देउवा र अन्य नेताहरूको योगदानको सम्मान गर्दै सबैलाई समेटेर अघि बढ्न आफू इच्छुक रहेको बताए।

‘म यहाँ नआउनु नेताहरूलाई फेरि विनम्रतापूर्वक दुई हात जोडेर आग्रह गर्छु। यो पार्टी तपाईंहरूले हामी सबै मिलेर बनाएको पार्टी हो। श्रद्धेय निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेसमा यति लामो समय संघर्ष गर्नुभएको छ’, उनले भने, ‘ यो पार्टी निर्माणमा उहाँको ठूलो योगदान छ। हामीलाई मीठो लागेको छैन। आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो।’

नेता थापाले सबैलाई समेटेर अघि बढ्न चाहेको भन्दै अब अलमल नगर्न आग्रह गरे।

उनले कांग्रेसको वैधानिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा दायर निवेदन दरपीठ भएको उल्लेख गर्दै अदालतको विषयलाई अब टुंगिएको विषयका रूपमा लिन आग्रह गरे।

‘अब तल कोही पनि अलमलिने होइन। अब पार्टीको रेल अगाडि बढ्यो। अब सरासर जाने, पार्टीको काम गर्ने हो,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७