देवनरा ग्रुपका सञ्चालक मुन्दडाको घरमा प्रहरी छापा


२०८३ श्रावण १८ सोमबार ०९:५३ बजे

काठमाडौं :  प्रहरीले विराटनगरको औद्योगिक घराना देवनरा ग्रुपका सञ्चालकको घरमा छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा पुगेर खानतलासी गरेको हो।

प्रहरी टोली बिहान करिब ४ः४५ बजे मुन्दडाको घर पुगेको थियो। त्यसपछि घरलाई घेरा हालेर खानतलासी भइरहेको छ। तर, प्रहरीले अहिलेसम्म छापा र खानतलासीको कारणबारे औपचारिक जानकारी दिएको छैन। मुन्दडा समूहका मुख्य सञ्चालक प्रकाश मुन्दडा हुन्। उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएका छन्। साबुन उद्योगलगायत अन्य क्षेत्रमा पनि उनको संयुक्त लगानी रहेको छ।

मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन्। प्रहरीको टोली पुगेसँगै गोल्छा मोडदेखि पण्डित मेघराज शर्मा मार्गसम्म सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ। प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७