गगनलाई रविको सुझाव : कचकच गर्ने देउवालाई फकाउनभन्दा छोडिदिए हुन्छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टी सञ्चालनबारे सुझाव दिँदै आफूले दोस्रो ‘गुन’ लगाएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले पार्टीभित्र निरन्तर कचकच र गनगन गर्नेहरूलाई फकाइरहनुभन्दा छोडिदिन गगनलाई सुझाव समेत दिए।
‘कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदै सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ उनले भने।
आफ्नो सुझावलाई गगनलाई लगाएको दोस्रो ‘गुन’का रूपमा प्रस्तुत गर्दै लामिछानेले यसको कार्यान्वयन गर्ने वा नगर्ने जिम्मेवारी गगनकै भएको बताए। ‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु। मान्ने/नमान्ने तपाईंको जिम्मा,’ उनले भने।
लामिछानेले आफूले लगाएको पहिलो ‘गुन’ के हो भन्ने भने खुलाएनन्। उनले कसलाई लक्षित गरेर उक्त सुझाव दिएको हो भन्ने स्पष्ट भने पारेनन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायत केही नेता भने १५औँ महाधिवेशनमा सहभागी छैनन्।
.gif)

.png)


