कांग्रेस दाङ–२ को सभापतिमा उपप्राध्यापक श्रेष्ठ निर्वाचित


२०८३ असोज १४ बुधबार ०८:०० बजे

दाङ : नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रकाश श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार श्रेष्ठले ५६३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी सन्तोष योगीले ४०१ मत पाए।

श्रेष्ठ सरकारी शैक्षिक संस्थामा कार्यरत रहेको भन्दै पार्टीमा उम्मेदवारी दिन पाउने विषयमा उजुरीसमेत परेको थियो। त्यसपछि उनले आफूले पार्टीमा राजीनामा बुझाएर उम्मेदवारी दिएको स्पष्टीकरण दिएका थिए।

क्षेत्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सचिवमा तिलकबहादुर केसी निर्वाचित भएका छन्। केसीले ५१९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शरद विक ‘समीप’ले ४२७ मत पाए।

सहसचिव (खुला)मा मधुसुदन अधिकारी निर्वाचित भएका छन्। उनले ४७५ मत प्राप्त गर्दा निरज गिरीले ४३३ मत प्राप्त गरे।

यसैगरी सहसचिव (महिला)मा रेखा केसी निर्वाचित भएकी छन्। केसीले ५१६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी सपना मजगैया अधिकारीले ४४६ मत प्राप्त गरिन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को नयाँ क्षेत्रीय नेतृत्व चयन भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७