राष्ट्रपतिकी छोरी संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
पोखरा : राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी तथा नेपाली कांग्रेसकी नेतृ संज्ञा पोखरेल पौडेल पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट खुला महिला समूहमा उम्मेदवारी दिएकी संज्ञाले २८९ मत प्राप्त गरेकी हुन्। चार जना निर्वाचित हुने खुला महिला समूहमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
यस समूहबाट कोपिला रानाभाट ५६८, रेनुका गुरुङ ४१०, निशा मल्ल ठकुरी ३७१ र डाल्डादेवी भुजेल ३४२ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। संज्ञा निर्वाचित हुन ५४ मतले पछि परिन्।
संज्ञा यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि बनेकी थिइन्। शेरबहादुर देउवा सभापति रहेका बेला उनलाई प्रतिनिधिसभा निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेत समावेश गरिएको थियो।
राष्ट्रपतिकी छोरीलाई समानुपातिक उम्मेदवार बनाइएको भन्दै आलोचना भएपछि संज्ञाले त्यसबेला आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी थिइन्।
.gif)

.png)


