लोकतन्त्रलाई खतरा छैन, चुनावबाटै सरकार फेरौँ : रवि लामिछाने


२०८३ असोज १८ आइतबार १८:०३ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नरहेको भन्दै लोकतन्त्रको रक्षा गर्ने ठेक्का नलिन पुराना दलहरूलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले लोकतन्त्रलाई खतरा भए जनताले नै त्यसको रक्षा गर्ने बताए।

‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्’,  उनले भने ‘लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्। जनताले जोगाउँछन्,’

लामिछानेले आन्दोलनबाट सरकार ढाल्ने चेतावनी नदिन पनि आग्रह गरे। सरकार आन्दोलनबाट नभई निर्वाचनबाट परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

‘आन्दोलनले सरकार ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु। आन्दोलनबाट सरकार ढाल्ने तिर अब नलागौँ। अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ,’ उनले भने।

उनले निर्वाचनको अभ्यासबाटै लोकतन्त्रलाई बलियो बनाउन सकिने बताए। जनताले दिएको मतको सम्मान गर्न पनि उनले राजनीतिक दलहरूलाई आग्रह गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७