गगनलाई बाबुरामको पुरानै भविष्यवाणी
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पुराना अन्धविश्वासमा विश्वास नगर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले पुराना राजनीतिक पार्टीहरूको पुनर्गठनको विकल्प नभएको बताए।
कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै उनले भने, ‘म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ।’
शान्ति प्रक्रियामा आएपछि एक विदेशी पत्रकारले नेपालका कांग्रेस र कम्युनिस्ट वृत्तका भावी नेता को हुन् भनेर आफूलाई सोधेको प्रसङ्ग सुनाउँदै भट्टराईले त्यतिबेलै गगन थापालाई सम्भावित नेताका रूपमा लिएको बताए।
‘अरूको नाम त म लिन चाहन्नँ, तर एकजना नेपाली कांग्रेसको तर्फबाट गगन थापा भोलिको सम्भावित नेता देख्छु,’ आफूले त्यतिबेला भनेको स्मरण गर्दै उनले गगनलाई विशेष बधाई दिए।
भट्टराईले आफू तत्कालीन माओवादीमा हुँदादेखि नै नयाँ शक्तिको आवश्यकताबारे वकालत गर्दै आएको पनि बताए।
.gif)

.png)


