रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख

प्रवासमा मनिष झा, आर्थिक व्यवस्थापनमा मनोहर प्रधान


२०८३ असोज १७ शनिबार २१:४४ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न १४ वटा विभागका प्रमुख मनोनयन गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागका प्रमुख, एक विभागमा उपप्रमुख तथा एक विभागमा सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

रास्वपाले पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्दै विभिन्न विषयगत जिम्मेवारीमा विभागीय नेतृत्व तोकेको हो। विभाग प्रमुखहरूलाई सम्बन्धित क्षेत्रको नीति, संगठन तथा पार्टीका गतिविधिसँग जोडिएका कामको जिम्मेवारी दिइएको छ।

कुन विभागमा को?

रास्वपाले प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी दिएको छ। त्यस्तै, आर्थिक व्यवस्थापन विभागको प्रमुखमा मनोहर प्रधान मनोनित भएका छन्।

कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागको प्रमुखमा मोहनलाल आचार्य तथा सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागको प्रमुखमा रुविना आचार्यलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्थापन विभागको प्रमुखमा सुदीप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागको प्रमुखमा सुलभ खरेल मनोनित भएका छन्।

कृषि, भूमि व्यवस्था तथा सहकारी विभागको प्रमुखमा ज्ञानेन्द्र महता तथा श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागको प्रमुखमा दीपकुमार साहलाई जिम्मेवारी दिइएको छ।

आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको प्रमुखमा शर्मिला खनाल तथा विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द मनोनित भएका छन्।

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा. धनन्जय रेग्मीलाई जिम्मेवारी दिइएको छ। सोही विभागमा सम्राट बुढाथोकीलाई सदस्य मनोनयन गरिएको छ।

वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मा मनोनित भएका छन्।

रास्वपाले अभियान तथा प्रचार विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन)लाई मनोनयन गरेको छ। प्रवक्ता खरेलका अनुसार शनिबारको बैठकले विभागीय जिम्मेवारीसँगै पार्टीको संगठनात्मक कामलाई अघि बढाउने विषयमा पनि छलफल गरेको थियो।

रास्वपाले विभिन्न विषयगत क्षेत्रलाई समेटेर विभागहरूलाई सक्रिय बनाउने क्रममा पछिल्लो निर्णय गरेको हो। विभाग प्रमुखहरूले सम्बन्धित क्षेत्रमा पार्टीका नीति तथा कार्यक्रम निर्माण र संगठनात्मक गतिविधिमा भूमिका निर्वाह गर्नेछन्।

  • प्रवास सम्पर्क विभाग — मनिष झा
  • आर्थिक व्यवस्थापन विभाग — डा. मनोहर प्रधान
  • कानुनी, मामिला तथा संस्थागत अनुपालन विभाग — मोहनलाल आचार्य
  • सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभाग — रुविना आचार्य
  • सुशासन तथा राज्य व्यवस्थापन विभाग — सुदीप ढकाल
  • विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग — सुलभ खरेल
  • कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग — ज्ञानेन्द्र महता
  • श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग — दीपकुमार साह (महोत्तरी)
  • आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग — शर्मिला खनाल
  • विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग — आनन्दबहादुर चन्द
  • संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग — डा. धनञ्जय रेग्मी
  • सदस्य — सम्राट बुढाथोकी
  • वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग — धर्म केसी
  • सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग — रिमा विश्वकर्मा

उपप्रमुख

  • अभियान तथा प्रचार विभाग — आनन्द मिश्र
  • अर्थ विभाग — डिल्लिश्वोर कार्की (रोहन)

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७