कृषि विकास बैंक अब घर, गाडी र क्रेडिट कार्डसम्म

कृषि विकास बैंकको बदलिँदो रूप


२०८३ असोज १७ शनिबार २२:०९ बजे

काठमाडौं : कृषि क्षेत्र र ग्रामीण अर्थतन्त्रको प्रमुख वित्तीय सारथीका रूपमा स्थापित कृषि विकास बैंक लिमिटेड (एडीबीएल) ले पछिल्लो समय आफ्नो सेवा दायरा विस्तार गर्दै व्यक्तिगत तथा उपभोक्ता बैंकिङलाई प्राथमिकता दिन थालेको छ।

ग्राहकका बदलिँदा वित्तीय आवश्यकतालाई लक्षित गर्दै बैंकले कृषि कर्जासँगै घर कर्जा, अटो लोन र क्रेडिट कार्डजस्ता सेवाको प्रवर्द्धन तीव्र बनाएको छ।

आफ्नो परम्परागत कृषि पहिचानलाई कायम राख्दै बैंकले किसानका लागि ‘कृषि यान्त्रिकीकरण कर्जा’ अघि सारेको छ। ‘आधुनिक उपकरण, उन्नत खेती’ अवधारणाअन्तर्गत उपलब्ध यो कर्जाबाट ट्र्याक्टरलगायत आधुनिक कृषि उपकरण खरिद गर्न सकिने बैंकले जनाएको छ।

त्यस्तै, घर बनाउन वा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘घर कर्जा’ र निजी सवारी खरिदका लागि ‘एडीबीएल अटो लोन’ प्रवर्द्धनमा छन्।

दैनिक उपभोग र भुक्तानीलाई लक्षित गर्दै बैंकले ‘एडीबीएल क्रेडिट कार्ड’ को समेत प्रचार बढाएको छ। सुपरमार्केट तथा खुद्रा पसलमा दैनिक खरिदका लागि प्रयोग गर्न सकिने कार्डमार्फत ग्राहकलाई सहज भुक्तानी सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७