रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान साढे ११ बजेपछि सुरु बैठकमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा १० बुँदे सङ्कल्प गरेको थियो। यस्तै, भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले उक्त १० बुँदे सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू सहभागी छन्।
.gif)

.png)

